- 🌱 विश्व माटो दिवस र नेपालको माटोको अवस्था
- विश्व माटो दिवस (World Soil Day) हरेक वर्ष डिसेम्बर ५ मा मनाइन्छ। यो दिवस Food and Agriculture Organization (FAO) को सिफारिसमा United Nations को ६८औँ महासभाबाट सन् २०१३ देखि सुरु गरिएको हो।
- नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालबाट औपचारिक सुरुआत गरिएको थियो।
- यस वर्षको नारा: “स्वस्थ माटो, स्वस्थ गाउँसहर”
- 🚜 माटो बिग्रिनुका मुख्य कारण
- रासायनिक मलको असन्तुलित प्रयोगप्राङ्गारिक मल (गोबर, कम्पोष्ट, हरियो मल) को न्यून प्रयोग
- अत्यधिक विषादी प्रयोग
- एकल बाली खेती (Monocropping)
- भू–क्षय (प्रति वर्ष १.७ मि.मि. माथिल्लो माटो ह्रास)
- सहरीकरण र कङ्क्रिटकरण
- बाली अवशेष जलाउने प्रवृत्ति
- औद्योगिक तथा प्लास्टिक प्रदूषण
- 📉 उत्पादनमा ह्रास (कृषि तथा पशुपन्छी विकास मन्त्रालय अनुसार)
- यस वर्ष करिब १,२७,३८३ मेट्रिकटन उत्पादन घट्ने अनुमान
- कुल क्षति: रु ३ अर्ब ७६ करोड १२ लाख ५२ हजार
- सबैभन्दा बढी क्षति
- 🥕 तरकारी क्षेत्रमा ३५.४५% (रु १ अर्ब २५ करोड बढी)
- 🧪 नेपालको माटोको अवस्था (डिजिटल माटो नक्सा अनुसार)
- 🔹 माटोको pH अवस्था
- ५४% माटो अम्लिय
- २९% तटस्थ
- १७% क्षारीय
- 👉 पूर्वी नेपाल बढी अम्लिय
- 🔹 प्राङ्गारिक पदार्थ (OM)
- ३७% कम
- ४५% मध्यम
- १८% उच्च
- औसत OM = २.५९%
- 🔹 प्रमुख पोषक तत्व
- नाइट्रोजन (N)
- २८% कम
- ४८% मध्यम
- २४% उच्च
- फस्फोरस (P)
- ३५% कम
- २१% मध्यम
- ४४% उच्च
- पोटास (K)
- २८% कम
- ४८% मध्यम
- २४% उच्च
- 🔹 सूक्ष्म तत्व कमी
- बोरोन (विशेषगरी पूर्वी नेपालमा)
- जिङ्क
- मोलिब्डेनम
- सल्फर (तराई क्षेत्रमा कम)
- 🌾 माटो सुधारका उपाय
- नियमित माटो परीक्षण
- परीक्षण अनुसार कृषि चुन प्रयोग (अम्लिय माटोमा)
- राम्ररी पाकेको गोबर मल, कम्पोष्ट, हरियो मल प्रयोग
- सन्तुलित मात्रामा युरिया, DAP, पोटास प्रयोग
- बालीचक्र अपनाउने
- कोशेबालीको प्रयोग (नाइट्रोजन स्थिरीकरणका लागि)
- कृषि वन प्रणाली र मिश्रित खेती
- भू–क्षय रोक्ने प्रविधि अपनाउने
- बाली अवशेष जलाउने होइन, माटोमा मिसाउन
- 📜 सम्बन्धित नीति
- राष्ट्रिय मल नीति २०५८ – माटो उर्वराशक्ति सुधार
- राष्ट्रिय कृषि नीति २०६१ – प्राङ्गारिक कृषिलाई प्राथमिकता तर, यी नीतिहरूको पूर्ण कार्यान्वयन अझै प्रभावकारी रूपमा हुन सकेको छैन।
- निष्कर्ष
- नेपालमा माटोको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ। रासायनिक मलको असन्तुलित प्रयोग, प्राङ्गारिक पदार्थको कमी, भू–क्षय र सहरीकरणका कारण माटोको उर्वरा शक्ति घट्दै गएको छ। यसले उत्पादन घटाएर किसानलाई आर्थिक घाटा पुर्याइरहेको छ।